जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय

काठमाडौँ, ५ पुस । जाडोको मौसममा हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ ।

जाडोको समयमा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

समाधानको उपाय

१. चिसो मौसममा बाहिर ननिस्दा कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्किदा राम्रो हुन्छ ।

२. राती सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ ।

३. राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।

४. शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।

५. बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।

५. घरमै पाइने औषधी दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्