२२ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित

काठमाडौँ, ३ पौष । मुलुकका १ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित भएका छन् ।

खोपबाट वञ्चित भएका बालबालिकामा रोगको जोखिम उच्च देखिने चिकित्सक बताउँछन् । पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।

स्वास्थ्य सेवा विभागका अनुसार खोप लिन योग्य बालबालिकामध्ये १ प्रतिशतले खोप नै पाएका छैनन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २२ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप पाउन सकेका छैनन् । नेपालमा खोप लिन योग्य बालबालिकाको संख्या करिब ६ लाख २० हजार रहेको छ ।

यस हिसाबले अझै पनि झन्डै १ लाख ३६ हजार ४ सय बालबालिका पूर्ण खोपबाट वञ्चित भएका छन् । यस्तै, झन्डै ६ हजार २ सय बालबालिकाले कुनै प्रकारका खोप पाएका छैनन् ।

परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार १ प्रतिशत बालबालिकाले कुनै प्रकार खोप पाउन सकेका छैनन् ।

सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवतीका लागि टीडी खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सरकारले नियमित खोप अभियानका लागि वार्षिक रूपमा १ अर्ब ६५ करोड रुपैयाँको खोप खरिद गर्दै आएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान