सुन्तला खानुको ८ फाइदा

काठमाडौँ, २ पौष । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला खानुको धेरै फाइदाहरु छन ती मध्ये ८ फाइदाहरु तल हेर्नुहोस ।

सुन्तला खानुको फाइदाहरु :

१. सुन्तलामा साइट्रस लिमोनोइड्स पाइने भएकोले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

२.सुन्तला खानाले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुनका साथै पत्थरीको समस्या पनि हुँदैन ।

३. सुन्तलामा क्यारोटेनोइड्स तत्व पाइने भएकोले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

४. सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले गर्दा शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

५. सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल पाइने भएकोले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछन् ।

६. सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् जसले गर्दा  रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

७. सुन्तलामा पाइने भिटामिन-ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् । सुन्तलामा फाइबरको मात्रा उच्च हुने भएकोले कब्जियतको समस्या हटाई पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

८. सुन्तलामा बेटा-क्यारोटिन पाइन्छ, जसले गर्दा छालालाई चम्किलो बनाउँछ । सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्