उपचार खर्च तिर्न नसक्दा आमा बन्धक

काठमाडौँ, ३० मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीया ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन् ।

उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भइ राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन् । सरकारले मातृशिशु कार्यक्रम निशुल्क बनाएको छ । तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ । प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी बढाऊ’ कार्यक्रमअन्तर्गत बर्सेनि करोडौं खर्च गरिरहेको छ ।

तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवन मरणको दोसाधमा छिन् । सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिनदेखि यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रा.लिमा बन्धक छिन् । यो समाचार  आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्