ओमनका २९ सय जनामा एचआईभी एड्स

एजेन्सी, १९ मंसिर । राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी/एड्स रहेको पाइएको छ ।

सार्वजनिक तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी÷एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५.२ प्रतिशतले घटेको देखिएको छ । अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो ।

एचआईभी÷एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन् । यो समूहका एचआईभी÷एड्स सङ्क्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ । उनीहरूको सङ्ख्या ५४३ रहेको सूचना तथा तथ्याङ्क केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान