चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएकाे बढी शुल्क फिर्ता गर्न अझै आनाकानी

काठमाडौँ, १४ मंसिर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेजले फिर्ता गरेको छैन । बुधबार नै शुल्क फिर्ता गर्ने भनिएको थियो । मन्त्रालय र मेडिकल सञ्चालकहरूबीच भएको दुई बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । विद्यार्थीका लागि दुई बुँदे सहमति ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ ।

चितवन मेडिकल कलेजका छात्र नसिम अख्तरले सहमतिका नाममा विद्यार्थीलाई झुक्याउने र आन्दोलन भाँड्ने काम भएको गुनासो गर्नुभयो । ‘‘खै त, बढी लिएको शुल्क फिर्ता गरेको,’’ उहाँले आक्रोश पोख्दै भन्नुभयो, ‘‘यो सब नाटक हो ।’’ मेडिकल कलेज सञ्चालकहरूले भने रकम फिर्ता नभई समायोजन गर्ने कुरामा सहमति भएको दाबी गर्दै आएका छन् । चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेले एमबीबीएस र बीडीएस प्रथम र द्वितीय ब्याचको शुल्क समायोजन गर्ने कार्य भइरहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्