स्वास्थ्य बीमा उत्साह : बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

काठमाडौँ, ११ मंसिर । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ ।

तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१  करोड १२ लाख दाबी भुक्तानी भएको छ । संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् ।

हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६२९ परिबारले दाबी भुक्तानी लिएको बोर्डले जनाएको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान