फोहोर व्यवस्थापन गर्ने कन्टेनर होटेलमा अनिवार्य

काठमाडौँ, ६ मंसिर । सरकारले भ्रमण वर्ष २०२० अभियान अन्तर्गत राजमार्गमा सञ्चालित होटेल-मोटेलहरुलाई निर्देशन जारी गरेको छ ।

सार्वजनिकस्थल सफा राख्न होटेल तथा मोटेलहरुले सार्वजनिक सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न अनिवार्य कन्टेनर राख्नु पर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमार्फत स्थानीय तहलाई त्यसको नियमन गर्नसमेत आग्रह गरेको छ ।

फोहोर व्यवस्थापनका लागि सार्वजनिक सवारी साधनको प्रस्थान र आगमन विन्दुमा फोहोर व्यवस्थापन गर्ने कन्टेनरको समेत व्यवस्था गर्न मन्त्रालयले स्थानीय सरकारहरुसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।