विद्युतीय ट्याक्सी समेटेर नयाँ मापदण्ड तयार, शुक्रबारदेखि कार्यान्वयनमा

काठमाडौँ, ५ मंसिर । यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ । आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।

मापदण्ड तयार भइरहेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ । नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हामालले भने ।

उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र गाउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेस, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्ने सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयारी गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा