भक्तपुरकै सबैभन्दा ठुलो ‘फिटनेश डिएसपि’ थिमीको राधेराधेमा

विद्यार्थी र गृहिणीलाई लक्षित डिस्काउण्ट स्किम आउँदै

भक्तपुर, ३ मंसीर । मध्यपुर थिमीलगायत भक्तपुरका स्थानीय युवा, गृहिणी र वयस्कहरुको स्वास्थ्यलाई लक्षित गर्दै भक्तपुर जिल्लाभरीकै सबैभन्दा ठुलो र अन्तराष्ट्रियस्तरको अत्याधुनिक, सुविधासम्पन्न महिलामैत्री शारीरिक व्यायामशाला ‘फिटनेश डिएसपि’ खुलेको छ ।

डाइट प्लानसहित ‘फिट टु फिट, स्लिम टु फिट’ नारा रहेको उक्त व्यायामशालाले सबै उमेर समूहका मोटा या दुव्ला महिला र पुरुषलाई हरदम चुस्त र स्वस्थ राख्ने उद्धेश्य राखेको छ ।

फिटनेश डिएसपि अर्थात ‘डिभाइन सुपरनेचुरल पावर’ प्रालि स्थापना गरि तीनजना युवा व्यवसायी दिपक सापकोटा, प्रकाश थापा र समीर बस्नेतद्वारा करीव २ करोड रुपैयाँ लगानी गरी सो व्यायामशाला स्थापना गरिएको हो ।

करीव चारसय जनाको क्षमता तथा ४ हजार ५०० वर्गफिट क्षेत्रफलको सो ‘फिटनेश डिएसपि’ राधेराधेस्थित भाटभटेनी सुपर स्टोरबाट करीव दुईसय मिटरको दुरीमा अवस्थित छ । ‘फिटनेश डिएसपि’ विहान साँढे पाँचबजेदेखि बेलुकी आठबजेसम्म सञ्चालन हुनेछ ।

जिम, काडिर्याे, जुम्बा, एरोविक, किक बक्सिङ्ग, ब्याटल रोप, लगायतका शारिरीक व्यायामको लागि आवश्यक अत्याधुनिक र सुविधासम्पन्न खेलसामाग्री रहेको सो व्यायामशालामा अर्काे हप्तासम्म साउना, स्टिम र ज्याकुजिको तयारी भइसक्ने ‘फिटनेश डिएसपि’ का सञ्चालक समीर बस्नेतले बताए ।

सञ्चालक बस्नेतका अनुसार ‘फिटनेश डिएसपि’मा स्थापनाको एकमहिनाको अवधिमा हालसम्म १ सय २५ जना सदस्य बनिसकेको र केही महिनामै क्षमता अनुसार ४ सयजना सदस्य संख्या पुग्नेछ । व्यायाम गर्न आउने सदस्यहरुका लागि पारिवारिक वातावरणमा योग्य र अनुभवि प्रशिक्षकहरुबाट सिकाइने व्यवस्था मिलाइएको र यसका लागि हाल १० जना प्रशिक्षक र १० जना कर्मचारी नियुक्त गरिएको बस्नेतले भने । एकपटकमा ४० महिला र ४० पुरुष अभ्यास गर्नसक्ने गरि खोलिएको ‘फिटनेश डिएसपि’मा महिला र पुरुषका लागि ४०÷४० वटा लकरको व्यवस्था समेत गरिएको छ ।

धुँवा र धुलोमा हिँड्ने जुनसुकै उमेरका महिला पुरुषले हरेक दिन कम्तिमा पनि एकघण्टा शारीरिक व्यायाम गर्नुपर्ने ‘फिटनेश डिएसपि’ अर्का सञ्चालक दिपक सापकोटा बताउँछन । बिहान र बेलुकीको समय करीव प्याक भइसकेकोले दिउँसोको समयमा घरबस्ने फुर्सदिला गृहिणी महिला र कलेज पढ्ने विद्यार्थीलाई लक्षित गरि डिस्काउण्ट स्किम ल्याइने सचालक बस्नेतले बताए ।

हाल ‘फिटनेश डिएसपि’ मा कलेज पढ्ने विद्यार्थीका साथै महिला, पुरुष र शारीरिक सुगठनमा भाग लिने खेलाडीहरु आउने गरेका छन् । पछिल्लो समयमा कलेज पढ्ने छात्राहरुको संख्या बढीरहेको छ । कलेज पढ्ने युवतीहरुमा आफ्नो शरीर फिट राख्ने चासो बढेकोले उनीहरु कलेजको पढाई सकेर या समय मिलाएर आउने गरेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश