आज विश्व मधुमेह दिवस

काठमाडौँ, २८ कार्तिक । आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो ।

अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन् । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्वोहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय