नसर्ने रोगबाट नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु

काठमाडौँ, २६ कार्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तरगर्तको प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा जानकारी दिइएको हो ।

प्रदेश नं ३ अन्तरगर्तको प्रदेश स्वास्य तालिम केन्द्रका निर्देशक बद्रीबहादुर खड्का अनुसार शारीरिक व्यायममा कमी, आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोग समेत बढ्दो क्रममा रहेको बताए ।

उनले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिए । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ ।

यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपद्मा ज्यान गुमाएका, सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्