स्पार्कमा उपचारार्थ बिरामी भन्छन्–नव जीवन पाइयो

भक्तपुर, २४ कार्तिक । भक्तपुर सूर्यविनायक नगरपालिका कटुञ्जको घलातेमा गत १५ महिनादेखि सञ्चालित स्पार्क अर्थो न्यूरो सेन्टरमा उपचार गराइरहेका बिरामीहरूले नयाँ जीवन प्राप्त गरेको बताउनुभएको छ ।

शारीरिक रूपमा असक्त मात्र नभई पूर्ण अपाङ्गता भएका व्यक्तिले समेत स्पार्कले प्रदान गर्ने सेवाबाट नयाँ जीवन प्राप्त गरेका छन् । विभिन्न महङ्गा अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि धेरै बिरामीहरू अर्थो न्यूरो सेन्टर प्रा.लि.मा पुग्ने गरेका छन् ।

गत एक महिनादेखि सेन्टरमा उपचार गराइरहनु भएका कटुञ्जेका कान्छा बखुन्छे स्पार्कमा उपचार गराएर आफूले नवजीवन प्राप्त गरेको बताउनुभयो । स्पार्कमा आउनु अघि बखुन्छेको देब्रे हात पुरै चल्दैन थियो । अहिले उहाँको देब्रे हात चल्ने मात्र नभइ सामान्य काम समेत गर्न मिल्ने अवस्था भएको छ ।

उहाँले भन्नुभयो “म यहाँ आउनु अघि मेरो देब्र हातले कामै गर्न छोडेको थियो, अहिले देब्रे हातले टोपी लगाउन, सामान्य सामान उचाल्ने सक्ने भएको छु, मैले यत्ति होला भन्ने सोचेको थिएन । स्पार्कले साँच्चिकै कुजो भएका, शरीरिका कुनै हर नचल्ने र अपाङ्गता भएका व्यक्तिलाई समेत नयाँ जिवन दिएको छ ।” स्पार्कको उपचारले आफू सन्तुष्ट भएको बखुन्छेको भनाइ छ ।

बखुन्छे जस्तै भक्तपुरको सिपाडोलबाट स्पार्कमै स्वास्थोपचार गर्न आउनु भएका कबिता बस्नेत पनि स्पार्कले प्रदान गर्ने सेवाबाट आफू सन्तुष्ट भएको बताउनुभयो । सेन्टले प्रदान गर्ने हरेक सेवा प्रभावकारी छन् । यहाँको उपचार पद्दतिले धेरैलाई पुनःर्जिवन दिएको छ बस्नेतले भन्नुभयो “यहाँको सेवाबाट म पनि सन्तुष्ट भएको छु ।” अर्थो तथा न्यूरो सेन्टले विना अप्रेसन र बिना औषधीले धेरै रोग निको पार्ने गरेको छ ।

अहिले स्पार्कले पक्षघात, मुख बाङ्गिने, शरीरिको एक वा कुनै अङ् नचल्ने, ढाढ कम्मर गर्धन दुख्ने, हड्डी खिइएको र नशा च्यापिएको रोगको सहज र सरल रुपमा उपचार गर्ने गरेको छ । त्यस्तै पिनास, एलर्जी दम र पुरानो खोकी, टाउको दुख्ने, माइग्रेन मानसिक तनाब र डिप्रेसन र अनिद्रा भएका व्यक्तिको समेत सरल रुपमा उपचार हुने गरेको स्पार्क अर्थो न्यूरो सेन्टर प्रा.लिका व्यवस्थापक शिव पौडेलले बताउनुभयो ।

उहाँका अुनसार २०७५ साल भदौ २ गते स्थापना भएको स्पार्कको केन्द्रीय अस्पताल कालिमाटी सोल्टीमोडमा बिगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको छ । पौडेलले भन्नुभयो “ स्पार्कमा अहिले दैनिक ३५ देखि ४० जना बिरामीले सेवा लिने गरेका छन्, धेरै ठाउँमा उपचार गरेर अब निको हुँदैन भनेर थाकेर बसेका बिरामी स्पार्कमा आउने गरेका छन् उहाँहरुलाई हामीले निको बनाएर पठाउने गरेका छौं ।”

स्पार्क अर्थो तथा न्यूरो सेन्टर प्रा.लि का फिजियोथेरापिष्ट शितेस यादवले ठूल ठूला अस्पताल धाउँदा पनि रोग निको नभएका व्यक्ति यहाँ उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हातखुट्टा नचल्ने र नशा च्यापिएका धेरै बिरामीहरु स्पार्कमा आउने गररेका छन् ।

एलोपेथिक, आयुवेदिक र फिजियोथेपारिको आआफ्नै भूमिका छ तर शरीरिका कुनै अङ्ग नचल्ने भएपछि भने फिजियोथेरापि अनिवार्य भएको यादवले बताउनुभयो ।

स्पार्कले अहिले बिरामीहरुलाई विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण, फिजियोथेरापी अत्याधुनिक इलेक्टोथेरापिका संयन्त्रहरु रिहाबिलिटेशन लगायतका सेवा प्रदान गर्ने स्पार्क अर्थो न्यूरो सेन्टर प्रा.लिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्