काठमाडौँ, १८ कात्तिक । विश्व स्वास्थ्य संगठनले ‘वाइल्ड पोलियो भाइरस टाइप – ३’ संसारबाट उन्मुलन भएको घोषणा गरेको छ ।
पोलियो गराउने तीनवटा भाईरसमध्येको एक टाइप – २ सन् २०१५ मै उन्मुलन भएको घोषणा गरिएको थियो । अब उन्मुलन हुन टाइप – १ मात्रै बाँकी छ । पाकिस्तान र अफगानिस्थान केही केस देखा परिरहेका कारण टाइप – १ भाइरस उन्मुलन हुन नसकेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक गौतमले टाइप २ पछि टाइप – ३ पोलियो उन्मुलन भएको बताए ।





