क्यान्सरको मुख्य औषधि आत्मबल

काठमाडौँ, ६ कार्तिक । भरतपुर महानगरपालिका–१० की ४४ वर्षीया प्रतिमा कोइरालाले क्यान्सरको उपचार गराएर रोगमाथि विजय प्राप्त गरेकी छिन् ।

१२ वर्षअघि उनले आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन् । उपचार गरिन् । क्यान्सर भएको थाहा पाउँदा उनको विवाह भएको १५ महिनामात्र भएको थियो । उनी त्यस समय नर्सिङमा स्नातक गर्दै थिइन् । स्वास्थ्यको विद्यार्थी भए पनि क्यान्सरको बिरामी भएको थाहा पाउँदा उनी झस्किइन् । तर सानै उमेरमा क्यान्सर संक्रमित भएर पनि उनले आफूलाई कमजोर बन्न दिइनन् ।

‘क्यान्सर भएको थाहा पाउनासाथ तत्काल उपचार सुरु गरें,’ उनले भनिन्, ‘हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखें ।’ उनी अहिले चितवन मेडिकल कलेजमा कार्यरत छिन् । यो समाचार आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन