चिनियाँ राष्ट्रपति सी र नेकपा सचिवालयका नेताबीच सामूहिक भेटवार्ता

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ ।

होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा सचिवालय सदस्यबीच सामूहिक भेटवार्ता भएको हो ।

भेटमा दुवै देशका कम्युनिष्ट पार्टीकाबीच आपसी सहकार्य र हितका विषयमा कुराकानी भएको छ । भेटमा नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, बामदेव गौतम, विष्णु पौडेल सहभागि रहेका छन  ।

सामूहिक भेटवार्तापछि सी र प्रचण्डबीच पनि एक्ला–एक्लै वार्ता हुँदै छ । त्यसपछि प्रधानमन्त्रीसँग भेटवार्ता हुने र लगत्तै द्विपक्षीय सम्झौता हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सी आज आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा