काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ ।
होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा सचिवालय सदस्यबीच सामूहिक भेटवार्ता भएको हो ।
भेटमा दुवै देशका कम्युनिष्ट पार्टीकाबीच आपसी सहकार्य र हितका विषयमा कुराकानी भएको छ । भेटमा नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, बामदेव गौतम, विष्णु पौडेल सहभागि रहेका छन ।
सामूहिक भेटवार्तापछि सी र प्रचण्डबीच पनि एक्ला–एक्लै वार्ता हुँदै छ । त्यसपछि प्रधानमन्त्रीसँग भेटवार्ता हुने र लगत्तै द्विपक्षीय सम्झौता हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति सी आज आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।