वीरगञ्ज, २६ असोज । वीरगञ्जमा मोटरसाइकले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते खत्रीलाई तत्काल उद्दार गरी गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ । मोटरसाइकलसहित वीरगञ्ज–३१ बस्ने त्यसका चालक भरत भण्डारी थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।