मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

वीरगञ्ज, २६ असोज । वीरगञ्जमा मोटरसाइकले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते खत्रीलाई तत्काल उद्दार गरी गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ । मोटरसाइकलसहित वीरगञ्ज–३१ बस्ने त्यसका चालक भरत भण्डारी थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा