औषधिको गुणस्तर कागजमै परीक्षण

काठमाडौँ, ६ असोज । औषधिको गुणस्तर यकिन गर्न प्रयोगशालाबाट परीक्षण तथा विश्लेषण गराउने प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

कागजलाई आधार मान्दै औषधिको गुणस्तर परीक्षण हुने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागबाट टेन्डरमार्फत खरिद गरिने भ्याक्सिन, ब्लड प्रोडक्ट, इमिनोग्लोबिन, स्नेक भेनम, एन्टिसेरमलगायतका डकुमेन्ट अध्ययनको आधारमा प्रयोगशालाले लट रिलिज गर्दै आए पनि औषधिलाई प्रयोगशालामा परीक्षण गरिँदैन ।

यसैगरी, बजारबाट पाइने बायोलोजिकल प्रोडक्टको नमुना परीक्षणसमेत नेपालमा अहिलेसम्म हुन सकेको छैन ।

अत्यावश्यक औषधिका रूपमा रहेको भ्याक्सिन, ब्लड प्रोडक्ट, इमिनोग्लोबिन, स्नेक भेनम, एन्टिसेरमलगायतका नमुनाको गुणस्तर परीक्षण गर्ने प्रविधि र पूर्वाधार नहुँदा यसको परीक्षण कागजका आधारमा हुने गरेको छ ।

औषधि व्यवस्था विभाग मातहत रहेको राष्ट्रिय औषधि प्रयोगशालाले सोको नमुना परीक्षणका लागि आवश्यक प्रविधि नभएको स्पष्ट पारेको हो ।

यस्तै, अस्पतालमा प्रयोग हुने उपकरणहरू टेस्टिङ कीट, सिरिन्ज, कपास र स्वास्थ्य सेवा सामग्रीको नमुना परीक्षणका लागि आवश्यक पर्ने उपकरणसमेत नेपालमा छैन । जसका कारण, कतिपय औषधिको गुणस्तर जाँच कागजातका आधारमा गरिँदै आएको स्रोतको दाबी छ ।

स्वास्थ्य प्रविधि सामग्रीलाई औषधि व्यवस्था विभागले हेर्ने गरी सरकारले निर्देशिका तयार पारेको छ । प्रयोगशालाका अनुसार ती औषधिको परीक्षणका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरण नै छैन । क्यान्सरमा प्रयोग हुने औषधि साइटोटक्सिक औषधिको परीक्षण पनि प्रयोगशालाबाट हुँदैन ।

नयाँ नयाँ मलिकुल आए पनि प्रयोगशाला प्रविधिमैत्री बन्न नसकेको पाइएको छ । १८ हजार बढी ब्रान्डका औषधिको गुणस्तर परीक्षण गर्ने केन्द्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला २९ जना कर्मचारीको भरमा चलिरहेको छ ।

प्रयोगशालालाई सरकारले वास्ता नगर्दा परीक्षणका काम प्रभावकारी तबरबाट अगाडि बढ्न नसकेको पाइएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ कार्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका

काठमाडौँ, ६ कार्तिक। सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता भएको बीबीसीले जनाएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा

एजेन्सी, ५ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा