प्रधानमन्त्रीको उपचार गर्ने डाक्टरलाई सम्मानित गर्ने

काठमाडौँ, ३ असोज । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् ।

सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनेको दोस्रो नम्बरमा पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा र तेस्रो नम्बरमा प्रधानन्यायाधीश राणा छन् ।

महाउज्ज्वल राष्ट्रदीपबाट मरणोपरान्त साहित्यकार मदनमणि दीक्षित र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्मानित गरिने भएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित हुनेको सूचीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्