डोटी, ३० भदौ । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवा शुरु भएको छ ।
मालपोत कार्यालय डोटीका अनुसार सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो ।
अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवा शुरु गरिएका जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भएको छ ।
साथै अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्नसक्ने, कारोवार भए पनि मोबाइलमा जानकारी पाउने व्यवस्था मिलाइएको छ ।






