आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौँ, २८ भदौ । आज विश्व प्राथमिक उपचार दिवस ‘वञ्चित समूहका लागि प्राथमिक उपचार’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

कुनै पनि दुर्घटनामा घाइते भएकाहरुको लागि तत्काल घटनास्थलमै गरिने उपचार प्राथमिक उपचारको महत्व दर्शाउन यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । जस अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्