रक्सी र गुड्खा विक्रीवितरणमा प्रतिबन्ध

काठमाडौँ, १८ भदौ । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उक्त गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अनुसार गाउँमा रक्सी पिएर हो-हल्ला गर्नेदेखि घरेलु हिंसाका घटना हुने, रक्सी पिएर मातिएका चालकले जथाभावी सवारी चलाएपछि दुर्घटना हुने साथै गुड्खा र चुरोट सेवनकै कारण गाउँका बासिन्दामा क्यान्सर रोग देखिएको भन्दै विक्री वितरण नै रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।

रक्सी र गुड्खा विक्री वितरणमा रोक लगाए पनि अटेर गरी विक्री गरेको भेटिए कारबाही गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार