रक्सी र गुड्खा विक्रीवितरणमा प्रतिबन्ध

काठमाडौँ, १८ भदौ । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उक्त गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अनुसार गाउँमा रक्सी पिएर हो-हल्ला गर्नेदेखि घरेलु हिंसाका घटना हुने, रक्सी पिएर मातिएका चालकले जथाभावी सवारी चलाएपछि दुर्घटना हुने साथै गुड्खा र चुरोट सेवनकै कारण गाउँका बासिन्दामा क्यान्सर रोग देखिएको भन्दै विक्री वितरण नै रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।

रक्सी र गुड्खा विक्री वितरणमा रोक लगाए पनि अटेर गरी विक्री गरेको भेटिए कारबाही गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्