अस्पतालमै मिर्गौलाको धन्दा

काठमाडौँ, १८ भदौ । निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ ।

ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् ।

उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । यसरी मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयम् चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने स्रोतहरुले जनाएका छन् ।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर, मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो । नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । यो समाचार सम्झु कट्टेलले अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, २ कार्तिक । नेपालले ओमानलाई १० रनले हराएको छ । ओमानमा भएको लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालले ओमानलाई

काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ