डेङ्गु परीक्षण तथा उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज सो निर्देशन दिएको हो ।  मन्त्रालयले सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिएको छ ।

अस्पतालले आजबाट छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छ । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना सो रोगका बिरामी उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, २ कार्तिक । नेपालले ओमानलाई १० रनले हराएको छ । ओमानमा भएको लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालले ओमानलाई

काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ