९ जना डेङ्गुका बिरामी भेटिए

तनहुँ, १४ भदौ । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका ९ जना व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी ९ जना पुगेका छन् ।

गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेका १२ जनाको परीक्षण गरिएको दमौली अस्पतालले जानकारी गराएको छ ।

हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा २/२ जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा ९ जना, तनहुँमा ९ जना, गोरखामा ३ जना डेङ्गुका बिरामी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, २ कार्तिक । नेपालले ओमानलाई १० रनले हराएको छ । ओमानमा भएको लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालले ओमानलाई

काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ