भाइरल ज्वरोका बिरामी बढे

भीमदत्तनगर, ११ भदौ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ ।

साउनको दोस्रो हप्तादेखि उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । अस्पतालका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन् । ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या अधिक छ ।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ । यसैगरी, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, २ कार्तिक । नेपालले ओमानलाई १० रनले हराएको छ । ओमानमा भएको लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालले ओमानलाई

काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ