अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

काठमाडौँ, ७ भदौ । तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हँुदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।

२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनामलगायतका देशबाट औषधि आयात हुने गरेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्