५ वर्षमा ८ हजार ३ सय जना डेंगु संक्रमित

काठमाडौँ, २७ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ५ वर्षको तथ्याङक अनुसार  ८ हजार ३ सय १० जनालाई डेंगूको संक्रमण फैलिसकेको छ ।

५ वर्षको तथ्याङक अनुसार सबैभन्दा धेरै प्रदेश नं. १ मा ४ हजार १ सय ४५ जनामा संक्रमण देखिएको छ । ०७६ वैशाखदेखि साउन २२ सम्म पनि २८ सय भन्दा धेरै बिरामी सुनसरी जिल्लामा देखिएको छ ।

त्यस्तै प्रदेश न. २ मा ८ सय जना, प्रदेश न. ३ मा १ हजार २ सय ८२, गण्डकी प्रदेशमा ६ सय २९, प्रदेश न. ५ मा १ हजार ३ सय ३१, कर्णाली प्रदेशमा २८, सुदूरपश्चिम प्रदेश ८८ जनामामा डेंगू लागेको महाशाखाले जनाएको छ ।

आर्थिक वर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्मको तथ्याङकमा सबैभन्दा धेरै संक्रमण आव ०७५/०७६ मा देखिएको छ । जसमध्ये ३ हजार ४ सय २५ जनामा डेंगू संक्रमण भएको महाशाखाको तथ्याङकले देखाएको छ । सबैभन्दा कम आर्थिक वर्ष ०७१/०७२ मा १३४ जनामा डेंगू लागेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्