बहराईनमा २५ औं बिश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

काठमाडौँ, २७ साउन । २५ औं बिश्व आदिवासी दिवस विभिन्न जातिय पहिचान झल्कने कार्यक्रमका साथ बहराईनमा भव्यताका साथ मनाईएको छ ।

नेफिन बहराईनको मूल आयोजना नेपाल मगर संघ बहराईन, तमु समाज बहराईन, किराँत यक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा तथा शेर्पा किदुंग बहराईनको सहआयोजनामा राष्ट्रिय कलाकार श्रेयासी चेम्जङ तथा नेलिमा थापा मगरको साथमा विभिन्न जातिय मौलिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रमका साथ भब्यरुपमा सम्पन्न भएको हो ।

महासचिव मिलन राईले सन्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष झहर मान थेबेको सभापतित्व रहेको थियो भने नेपाली दूतावास बहराईनका राजदूत पदम सुन्दासको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ, गैरआवासीय नेपाली संघ समन्वय समिती बहराईनकी अध्यक्ष लक्ष्मी गिरि, समाजसेवि गम गुरुङ तथा दुर्गा गिरिलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा आमन्त्रित सामाजिक संघ संस्थाका प्रतिनिधि तथा दर्शक श्रोताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा