विराट मेडिकल कलेजमा ५० प्रतिशत शल्यक्रियामा छुट

मोरङ, २६ साउन । विराटनगरस्थित विराट मेडिकल कलेजमा शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।

आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा कलेजले विरामीको शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको हो ।

मेडिकल कलेजले सर्जरी लगायत हाडजोर्नी, नशा, नाक, कान र घाँटी, स्त्रीतथा प्रसुतिजस्ता समस्या भएकाहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

२४ सै घण्टा रेडियोलोजी सेवा, आकस्मिक सेवा, बिशेषज्ञ सेवा, फार्मेसी सेवा, ब्लड बैंक, ओपीडी सेवा, सधन उपचार कक्ष, सिसियू, आईसियू, बाल सधनउपचार कक्ष, एनआईसियू, पीआईसियू, मेडुलर शल्यक्रिया कक्ष, निःशुल्क खोप कार्यक्रमहरु उपलब्ध भएको मेडिकल कलेजले जनाएको छ ।

त्यसैगरी आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम जस्ता सरकारी कार्यक्रम समेत यस अस्पतालले सहजरुपमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्