पाँचथर, २३ साउन । पाँचथरमा पनि पाँच जना डेंगुको संक्रमित फेला परेका छन् ।
निरन्तर ज्वरो आएपछि अस्पतालमा पुगेका फिदिम–१ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत नायब सुब्बा पुरुषोत्तम पौडेल र रामप्रसाद राईमा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमितहरुमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल र एक जनालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।





