सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक : उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक क्यान्सरका बिरामीलाई दिने घोषणा

काठमाडौँ, १८ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरबाट पीडित वालवालिकाको उपचारका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धि ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा शनिवार भएको ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक’ मा उपराष्ट्रपति पुनले क्यान्सर रोग जितेका र क्यान्सरको उपचार गराईरहेका वालवालिकाको मनोवल उच्च बनाउन र पीडामा साथ दिन आफु कार्यक्रममा सहभागी भएको बताउँदै सो सहयोग उपलव्ध गराउने घोषणा गर्नुभएको हो ।

क्यान्सरको उपचार गराएर क्यान्सरलाई जितेका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुति गरेको देख्दा वालवालिकाको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले क्यान्सर जितेका वालवालिकाको आत्मवलको प्रशंसा गर्नुभयो । प्राणी जगतकै शत्रु क्यान्सर रोगसँग लड्दै क्यान्सरलाई जितेका देशका लागि होनहार बालबालिकाको स्वास्थ्यप्रति सरकार उचित ढंगले अघि बढनुपर्ने कुरामा पन िउहााले जोड दिनुभयो ।

नेपालमै सबै खाले उपचार सम्भव छ भन्ने कुरा आफु लामो समय बिरामी पर्दा उपचार गरेर प्रमाणित भैसकेको उल्लेख गर्दै उहाँले यस बिषयमा सरकारको ध्यान पुग्नु जरुरी छरहेको बताउनुभयो । हरेक रोगको नेपालमै उपचार सम्भव छ, अन्तिम अवस्थासम्म नेपालमै प्रयास गर्नुपर्छ ।

उहाँले आफु विगतमा गम्भिर बिरामी परेको बेलामा नेपाल सरकारबाट बिदेश लैजाने तयारी हुँदा बिदेश नगई नेपालमै उपचार गराउँछु भनेको थिएँ उपचार सम्भव भयो र निको पनि भयो । रोगको उपचार औषधिले मात्र हुन्न, चिकित्सकको दक्षता र बिरामीको उच्च मनोबलले रोग निको हुन मदत पुग्छ, रोग लाग्दा निराश हुनुहुन्न रोगलाई जित्न सकिन्छ भन्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका पूर्व सेनापति रुक्मागत कटुवाल, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, नवकलाकार आयुस केसीको साथै उपचारपछि क्यान्सरलाई जितेका र उपचार गराईरहेका बालबालिका, अभिभावक, शुभचिन्तक, सञ्चारकर्मीहरुका साथ देशी तथा बिदेशी सहभागीहरुको उपस्थिति रहेको थियो ।

अधिकाँश क्यान्सर विजेताहरुले आफुले क्यान्सर जितेको छु ,अब म यही देशका लागि केही गर्छु भनिरहँदा हलमा सहभागी उपराष्ट्रपति पुन, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पूर्व सेनापति रुक्मागत कटुवालका साथ हलमा सहभागी अधिकांसको आँखा रसाएको थियो ।

‘वालवालिकाको क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले आयोजना गरिएकोे ‘र्याम्प वाक’ मा क्यान्सर रोगको उपचार गराईरहेका र क्यान्सर निको भइसकेका २ देखि १८ वर्ष उमेर समूहका काठमाण्डौ उपत्यका र विभिन्न जिल्लाका ५० वालवालिका सहभागी भएका थिए ।

प्रमुख अतिथि पुन र भारतीय चर्चित रियालिटी शो ‘सारेगमप’मा चौथोे भएका वालगायक आयुष केसीको प्रस्तुतिले पीडा भोगिरहेका क्यान्सर पिडित बालबालिका, अभिवावक र चिकित्सकहरुलाई हौसला मिलेको र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा निर्देशक डा. सुदिप श्रेष्ठले बताउनुभयो । त्यसैगरी कार्यक्रमका संयोजक सुदिपा श्रेष्ठले आर्थिक अभावका कारण उपचार गर्दा निको हुने बालकालिकाको रक्त क्यान्सर उपचार गर्न नसकी जीवननै जाने गरेको पिडादायि घटनालाई कमी ल्याउने उदेश्यले राज्यको उपस्थितिमा यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।

समयमै निदान भई उपचार हुन सकेमा क्यान्सर निको हुने बालबालिकामा लाग्ने ब्लड क्यान्सर सामान्य रोग हो भनेर जनचेतना फैलाउन आयोजना गरिएको ‘र्याम्प वाक’ मा सहभागी वालिका सविता मगरले आफुले क्यान्सर निवारणका लागि एउटा खुट्टाले नाचेर सन्देश दिँदा सहभागी सबैका आँखा रसाए, गला अबरुद्ध भए र भक्कानिदै हलबाट बाहिरिए ।

कार्यक्रममा गित, संगित, नृत्य, मनका भावना व्यक्त गरेर क्यान्सर रोगको न्यूनीकरणका लागि डा.अञ्जली पण्डीत, डा.अमित श्रेष्ठ, क्यान्सर जितका सार्थक श्रेष्ठ, विभु सुनुवार रिम्पु पाल्बो लगायतले क्यान्सर सरुवा रोग होइन रोगीसँग डराउनुपर्दैन, निरोगीसँग संक्रमण होलाकी भनेर हामी डराउनुपर्छ । यस्ता भावनाका साथ गायन, नृत्य, एकल र सामुहिक ‘र्याम्प वाक’ गरेका थिए ।

वालवालिकामा लाग्ने सबै प्रकारको क्यान्सर समयमै उपचार गरे ८० देखि ९० प्रतिशतसम्म निको हुने भए पनि सरकारको ध्यान बालबालिकाको क्यान्सरतर्फ नपुगको औल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्