कलेजो प्रत्यारोपण ओपिडी सेवा सुरु

चितवन, १२ साउन । चितवनमा राजधानी काठमाडौँ बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण ओपिडी सेवा सुरु भएको छ । मेडिकल सिटिको रुपमा परिचितमा गुणस्तरी सेवा दिदै आएको चितवन मेडिकल कलेज ९सिएमसी०भरतपुरले आम जनताको मागलाई मध्ये नगर गर्दै यो सेवा सुरु गरेको हो ।

हेपाटाईटिस डे को अवसर पारेर आजदेखि चितवनको सिएमसीबाट कलेजो सम्बन्धी जटिल रोगबाट ग्रस्त बिरामीहरुको सेवामा हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपीडी सेवा सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले जानकारी दिए । डा।सागर पौडेलको नेतृत्वमा ५ सदस्ययी टोली यहाँ यो सेवा दिनेछ ।

कलेजोको क्यान्सर तथा ‘लिभर सिरोसिस’ जस्ता समस्याका कारण बर्सेनी मृत्युदर बढिरहेको अवस्थामा सिएमसीले यो सेवा सुरु गरेको उनले प्रस्ट पारे । सहज रुपमा गाउँठाउँमा नै यो उपचार सेवा दिन आफुहरुले सुरु गरेको सेवा मुलुकै लागि अनुकरणीय हुने अस्पतालको विश्वास छ ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण हुन्छ । तर, प्रत्यारोपण अत्यन्त जटिल भएका कारण त्यसका लागि अत्यन्त सम्पन्न पूर्वाधारको आवश्यकताका साथसाथै कानुनी व्यवधान र दातासित बिरामीको अंगको मेल खानुपर्ने हुँदा प्रत्यारोपणले गति लिन नसकेको विज्ञहरूले बताउँदै आएका छन् ।

राजधानी बाहिर कलेजोसँग सम्बन्धित रोगहरुका विषयमा राम्रो उपचार गर्ने अस्पतालको समेत अभाव थियो । सिएमसीले यसअघि नै कलेजो प्रत्यारोपणको स्वीकृति लिईसकेको थियो । कलेजो प्रत्यारोपण सेवालाई लक्षितगरी यससम्बन्धी ओपीडि सेवा सुरु गरिएको अस्पतालले पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराएको थियो ।

यस अस्पतालमा कलेजो सम्बन्धी रोगको निदानका लागि दक्ष जनशक्तिहरुको टिम तयार भईसकेको छ । राजधानीबाहिर चितवनमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा संचालन गरि चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउँने लक्ष्यका साथ यो सेवा संचालन गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । साथै, आवश्यक उपकरण, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको संयोजन मिलाउँने काम लगभग सकिएसंगै प्रत्यारोपणको ८० प्रतिशत काम सकिएको जनाईएको जनाईएको छ ।

राष्ट्रिय रुपमा नै कलेजो प्रत्यारोपण गरेर कलेजोका बिरामीहरुलाई जिवनप्रति नयाँ आशा जगाउँने जमर्को स्वरुप सेवा सुरु गरिएको जनाईएको छ । करिब एक दशक अघि चितवनको भरतपुरमा स्थापित चितवन मेडिकल कलेजले अति विशिष्ट सहितको विहेषज्ञ सेवा प्रदान गर्दै आईरहेको छ ।

हेपाटाईटिस बी रोगको क्षेत्रमा योगदान पुर्याएका अमेरिकन चिकित्सक ब्लम्बर्गको जन्मदिनको अवसर पारेर जुलाई २८ लाई विश्वभर हेपाटाईटिस डे का रुपमा मनाईन्छ । जटिल अवस्थामा पुगेपछि मात्रै कलेजो सम्बन्धि रोगहरुबारे थाहा हुने भएकाले यसको उपचार पनि सहज हुँदैन । हाल विश्वभर यस्ता प्रकृतीका रोगको संक्रमणदर उच्च छ ।

यसै विषयमा जानकारी दिने उद्देश्यले आज विहान वाकाथन समेत गरिएको थियो । बिहान करिब साढे सात बजे सिएमसीबाट सुरु भएको वाकाथन चौबीसकोटी, मालपोतचोक, भरतपुर अस्पतालहुँदै दीपेन्द्रचोक निस्केर पूनः सिएमसी पुगेर सकिएको थियो । सो वाकाथन ‐यालीमा करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्