झापा, १० साउन । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।
यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वर्षा रोकिएपछि जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने जनाएको छ ।
दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको हो ।





