काठमाडौँ, ३ साउन । चितवनमा सन् २०१९ को छ महीनामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।
जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।
सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए ।






