काठमाडौँ, ३० असार । लामखुट्टेले विशेष गरि निम्नअनुसारका मानिसहरुलाई टोक्दछ :
१. ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी)को तुलनामा बढी लामखुट्टेले टोक्ने सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन देखाएको छ ।
२. एक अध्ययनका अनुसार गर्भवती महिला अन्यको तुलनामा दुई गुण बढी जोखिममा हुन्छन् । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्ने भएकाले बढी लामखुट्टे आर्कर्षित हुन्छन् ।
३. सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ । यदि मानिसमा ह्युमन ल्युकोसाईट एन्टिजेन छ भने सोही गन्धका कारण लामखुट्टे शरिरमा झुम्मिन्छ । लामखुट्टेले टाउको, अनुहार, हात, खुट्टा लगायतका विशेष ठाँउमा मात्र टोक्छन् ।






