पायल्सका बिरामीले के खाने, के नखाने ?

काठमाडौँ, २३ असार । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन ।

पाइल्सका लागि नखानु पर्ने कुराहरु :

१. घिउ : पायल्सबाट बच्नका लागी धेरै घिउ सेवन गर्नुहुदैन ।

२. कफी, कोल्ड ड्रिंक्स : पायल्सबाट बच्न चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन ।

३. राजमा र मुसुरोको दाल : पायल्स  हुनेले राजमा या मुसुरोको दाल सकेसम्म खानुहुँदैंन ।

४. फास्टफूड खानु हुदैन : पायल्स हुनेले फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ ।

५. धेरै तेलयुक्त र मसालायुक्त भोजन : पायल्स हुनेले अत्यधिक तेल या मसाला भएको खाना खानु हुदैन ।

६. मांसाहारी भोजन : पायल्स हुनेले मांसाहारी भोजनको सेवन गर्नुहुन्न ।

पाइल्सका लागि खानुपर्ने कुराहरु :

१. पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।

२. खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ ।

३. कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।

४. नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।