लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल

काठमाडौँ, १८ असार । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् ।

‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’ नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्