हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न

हुम्ला, १६ असार । हुम्लाको जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र सुर्खेतको प्राविधिक सहयोगमा जिल्लाभरि आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०, शल्यक्रिया दुई जना र चश्मा १४८ र सिमिकोट हुम्लामा कूल चेकजाँच ८९२, शल्यक्रिया ६० र निःशुल्क चश्मा वितरण २५६ लाई गरेको जिल्ला रेडक्रस शाखा हुम्लाले जनाएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नंं ५ र ६ का ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल, लठ्ठी, सल वितरण गरी दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित