धादिङ, १४ असार । धादिङमा पास्नीको भोज खादा २५ जना बिरामी परेका छन् ।
गजुरी गाउँपालिका–५ चिसापानीमा शुक्रबार स्थानीय राजाराम मिजारको छोरीको पास्नीमा भोज खाएकामध्ये २५ जना फुड प्वाइजन भएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
भोज खाएपछि अचानक शुक्रबार रातिदेखि बिरामी पर्न थालेपछि गजुरी अस्पतालमा भर्ना गरिएको छ ।





