पढ्न मन लाग्दैन ? हेर्नुहोस समाधानका उपायहरू

काठमाडौँ, १४ असार । पढ्ने कुरा प्राविधिक एवम् मनोवैज्ञानिक कुरा हो । त्यसैले हामीले बलपूर्वक पढ्न खोज्नु हाम्रो मुर्खता हो । हाम्रो मन र शरीरको तालमेल तब मात्र मिल्छ, जब हामीलाई आनन्द मिल्छ । त्यसैले तपाईंले यदि पढाइ आनन्ददायी कुरा हो भनेर मनलाई विश्वस्त पार्न सक्नुपर्छ ।

जबर्जस्ती पढ्न खोज्दा मानिसको सिर्जनशीलता नष्ट हुँदै जान्छ । यसै पढाइलाई पढुँपढुँ लाग्ने, पढेर छिटो बुझिने र पछिपछिसम्म पनि सम्झिरहने बनाउन तलको उपायहरु हेर्नु सकिन्छ ।

 उपायहरू :

किन पढिरहेका छौ त्यो स्पष्ट हुनुपर्दछ : बिनाकारणको पढाइले कहिल्यै तपाईलाई सोचेको गन्तब्यमा पुर्याउने छैन । यो पाठ किन पढ्ने रु अहिले नै किन पढ्ने रु लगायतका सबै प्रश्नको स्पष्ट जवाफ हुनुपर्छ । यदि स्पष्ट नभएमा पढ्नमा रुची हुदैन ।

आफ्नो लक्ष्य सम्जिरहने : आफ्नो मनलाई आफ्नो लक्ष्य, गन्तव्य समझाइरहने, मैले आज के पढ्नुछ र कति पढ्नु छ रु सो प्रष्ट हुनै पर्छ । उक्त कुराको प्रष्ट छैन भने पढ्नमा अल्छी लाग्ने, विषय कठिन लाग्ने कुनै पनि बहानामा पढाइ छोड्न खोज्छ मनले । लक्ष्य निश्चित भएमा  अध्ययनमा रुची बढ्ने र पढेको कुरा पनि पछिसम्मको लागि टिकिरहनेछ ।

समय सीमा तोक्नुपर्छ : पढाइमा कति समयभित्र के पढ्नै पर्ने भन्ने स्पष्ट समय सीमा तोक्नु राम्रो हुन्छ । परीक्षाको २र४ महिना अगाडि र परीक्षाको २र४ दिन अगाडिको पढाइमा फरक हुनुको कारण पनि यही हो । मैले यो च्याप्टर राम्रोसँग अध्ययन गरिसक्नका लागि आज १ दिनको मात्र समय छ भन्ने स्पष्ट किटान हुनुपर्छ । त्यसो नभई जति पनि समय छ भन्ने म्यासेज तपाईंको मनले पायो भने अनावश्यक कुरालाई प्राथमिकतामा ल्याइदिन्छ ।

मनोरञ्जन गर्दै पढ्ने बानी हुनुपर्दछ : हामीले पढाइलाई पनि मनोरञ्जनसँग जोड्न सक्नुपर्छ । पढाइलाई नै तत्काल आनन्द, मस्ती वा रमाइलो कुरा प्राप्तिसँग जोडेर लिन सक्छौं या त पढाइलाई लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनासँग जोड्न सक्छौं ।

आत्मविश्वास बढाउने र मनोबल उच्च राख्ने : हामीले आफैंले आफ्ना सकारात्मक पक्षहरुलाई आगाडी लानु उत्तम हुन्छ, सजिल्यै गर्न सकिने कार्य पनि आत्मविश्वास कमजोर हुँदा राम्रोसँग गर्न सकिँदैन ।

परीक्षाको तालिका बनाउने : यति दिनमा यतिवटा पाठ सक्छु भन्ने रुटिन बनाएर पढ्न राम्रो हुन्छ,  पढ्न उर्जा दिन्छ । अरु काम बेलुका, दिउँसो र राती गरेपनि पढ्ने काम विहान गर्न र पढ्नुअघि टन्न पानी खानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर