‘डाक्टरलाई कमिशन भन्दा विरामीलाई सहुलियत दिने उद्धेश्य’
काठमाडौँ, ९ असार । बलराम प्यासी । नक्साल नारायणचौरस्थित नेपालकै २० वर्ष पुरानो मेट्रो रेडियोलोजी एण्ड इमेजिङ्ग प्रा.लि (एमआरआई सेन्टर) ले अत्याधुनिक प्रविधियुक्त सिटि स्क्यान, एमआरआई, एक्सरेलगायतका सम्पूर्ण रेडियोलोजी परीक्षण सेवामा सर्वसाधारणलाई असार र साउन महिनाभरी ३३ देखि ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
एमआरआई सेन्टर स्थापनाको २० वर्ष प्रवेशको अवसरमा २ महिनाको लागि सर्वसाधारणलाई सो सुविधा दिन लागिएको सेन्टरका प्रवन्धक नबिन बस्न्यातले सोमबार सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रवन्धक बस्न्यातका अनुसार एमआरआईमा ३३ प्रतिशत, सिटीस्क्यानमा ३५ प्रतिशत, एक्सरे सेवा र म्यामोग्राफि परीक्षणमा ५० प्रतिशत सहुलियत दिने घोषणा गरिएको हो । यसैगरि अल्ट्रासाउण्ड र ओपिजि परीक्षण सेवामा पनि सहुलियत दिइने छ ।
सेन्टरले दिँदै आएको अत्याधुनिक प्रविधिका रेडियोलोजी परीक्षण सेवा सरकारी अस्पतालले लिँदै आएको शुल्क बराबर रहेको र त्यसमा ३५ देखि ५० प्रतिशत छुट दिन लागेको सेन्टरको दावी छ । ती रेडियोलोजी सेवाको लागि उक्त सेन्टरमा हाल दुईजना वरिष्ठ चिकित्सक र ६ जना तालीम प्राप्त प्राविधिक कार्यरत छन ।
‘यो सहुलियत दिएपछि कुनैपनि डाक्टरको सिफारिस विना कुनैपनि विरामी या सर्वसाधारण आफ्नो शरीरमा कुनै रोग भए नभएको पत्ता लगाउनका लागि आफुखुसी परीक्षण गर्न आउन सक्ने’ प्रवन्धक बस्न्यातले बताए ।

विभिन्न सरकारी अस्पतालमा सिटि स्क्यान, एमआरआईलगायतका रेडियोलोजी परीक्षणका लागि सर्वसाधारणले एकदेखि तीनहप्तासम्म कुर्नुपर्ने, त्यसको रिपोर्टको लागि थप २ देखि ३ दिन कुर्नुपर्ने र नीजि क्षेत्रमा सञ्चालित यस्ता सेवा महंगो भएका कारण सर्वसाधारणलाई समस्या परेको गुनासो आएपछि सेन्टरले सहुलियत दिन लागेको प्रवन्धक बस्न्यातले बताए ।
‘हामी केहीवर्षअघिदेखि नै यो सुविधा दिने प्रयासमा थियौं तर ढिलो भएपनि यो सुविधा यसपालि २ महिनाको लागि दिन लागेका हौं’—उनले भने ।
सिटि स्क्यान, एमआरआईलगायतका रेडियोलोजी परीक्षण सेवा रिफर गर्ने डाक्टरहरुलाई दिइने कमिशनको विकृतिलाई क्रमशः कम गर्दै बरु त्यो सहूलियत सिधै सर्वसाधारण सेवाग्राही र विरामीले पाओस भन्ने एमआरआई सेन्टरको मुख्य उद्धेश्य भएको सो सेन्टरका वरिष्ठ रेडियोलोजिष्ट डा.निर्मल न्यौपानेले भने ।
राजधानीका सरकारी अस्पतालहरुमा यी सेवा पाउन सर्वसाधारण विरामीलाई धौधौ पर्नु र नीजि एमआरआई सेन्टरहरुमा रिफर गर्दा सम्वन्धित चिकित्सकले गतिलै कमिशन पाउने गलत प्राक्टीसले गर्दा सर्वसाधारण विरामीलाई मर्का पर्ने गरेकोले अब एमआरआई सेन्टरले सिधै विरामीलाई छुट दिएर सेवा दिने अवधारणा अघि सारेको डा.न्यौपानेले बताए ।
एमआरआई या सिटिस्क्यिान गरि गरिने जस्तोसुकै शल्यक्रिया शतप्रतिशत सफल हुने दावी गर्दै रेडियोलोजि परीक्षण सेवा र प्याथोलोजि परिक्षण सेवामा सर्वसाधारणले विश्वास गर्नु जरुरी छ, डा.न्यौपानेको भनाई थियो । रोग पहिचान गर्न सघाउने यस्ता रेडियोलोजि परिक्षण सेवाको लागि आवश्यक पर्ने अत्याधुनिक औजार र उपकरणको आयातमा सरकारले कर छुट दिनुपर्ने र स्थानीय करहरु पनि छुट भएमा सर्वसाधारणका सबैप्रकारका रोग सर्वसुलभ शुल्कमा पहिचान भई समयमै उपचार हुने पनि उनले बताए ।
क्टरहरुले पनि विरामीलाई दिइने यस्ता रेडियोलोजि, प्याथोलोजि, औषधि विक्रीलगायतका सेवामा कमिशनको लोभ गर्न नहुने डा.न्यौपानेले सुझाए ।






