इनरुवामा पनि डेंगु संक्रमण

काठमाडौँ, ३ असार । धरानबाट सुरु भएको डेंगुको संक्रमण बिराटनगर, झापा र उदयपुरमा फाट्टफुट्ट देखा परेको डेंगु सुनसरीमा भने फैलिंदो क्रममा छ ।

सुनसरीका अन्य शहरमा समेत डेंगु भेटिन थालेको छ भने सदरमुकाम इनरुवामा समेत ४ जनामा संक्रमण फेला परेको जनाइएको छ । इनरुवामा धरान पुगेर फर्किएका इनरुवा ९ बबियाका ३५ वर्षिय सराज अन्सारीमा डेंगुको संक्रमण भएको पाइएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार ज्वरो आएर उपचारकालागि इनरुवा अस्पताल पुर्याइएका सराजको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको जनाएको छ ।

इनरुवा नगरपालिका भित्र ४ जना डेंगु रोगी फेला परेको बताइएको छ । जसमध्ये इनरुवा वडा नम्वर १ र १० मा समेत डेंगु संक्रमणको आशंका गरिएको छ । ज्वरो आएका केही बिरामीलाई धरान र बिराटनगर पुर्याइएकाले समेत डेंगुको संक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

धरानमा डेंगु फैलिएपछि इनरुवा नगरभित्र समेत डेंगु मार्ने विषादी छर्ने काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि