इनरुवामा पनि डेंगु संक्रमण

काठमाडौँ, ३ असार । धरानबाट सुरु भएको डेंगुको संक्रमण बिराटनगर, झापा र उदयपुरमा फाट्टफुट्ट देखा परेको डेंगु सुनसरीमा भने फैलिंदो क्रममा छ ।

सुनसरीका अन्य शहरमा समेत डेंगु भेटिन थालेको छ भने सदरमुकाम इनरुवामा समेत ४ जनामा संक्रमण फेला परेको जनाइएको छ । इनरुवामा धरान पुगेर फर्किएका इनरुवा ९ बबियाका ३५ वर्षिय सराज अन्सारीमा डेंगुको संक्रमण भएको पाइएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार ज्वरो आएर उपचारकालागि इनरुवा अस्पताल पुर्याइएका सराजको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको जनाएको छ ।

इनरुवा नगरपालिका भित्र ४ जना डेंगु रोगी फेला परेको बताइएको छ । जसमध्ये इनरुवा वडा नम्वर १ र १० मा समेत डेंगु संक्रमणको आशंका गरिएको छ । ज्वरो आएका केही बिरामीलाई धरान र बिराटनगर पुर्याइएकाले समेत डेंगुको संक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

धरानमा डेंगु फैलिएपछि इनरुवा नगरभित्र समेत डेंगु मार्ने विषादी छर्ने काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित