निःशुल्क हाइड्रोसिलको उपचार

गलकोट, १  असार । धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ ।

उक्त अस्पतालले चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

हाल हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलको निदान आवश्यक रहेको अञ्चल अस्पतालले जनाएको छ ।

रोग लुकाउने तथा सरकारी अस्पतालमा उपचारका लागि नआउने हाइड्रोसिलका रोगीलाई आकर्षण गर्नका लागि सचेतना अभियान आवश्यक रहेको अस्पतालले जनाएको छ । अस्पतालको चुस्त व्यवस्थापनसँगै दैनिक ५०० को हाराहारीमा बिरामी उपचारका लागि अञ्चल अस्पतालमा आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि