रुपन्देही, ३२ जेठ । रुपन्देहीमा पेस्तोल देखाएर लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गए राति १ बजे पेस्तोल १ थान र १ थान गोलीसहित सैनामैना नगरपालिका–६ का २० वर्षीय अर्जुन मुसहर र सोही ठाउँका २० वर्षीय सुरज दर्जी र २२ वर्षीय मनिस परियार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय साल झण्डीबाट प्रहरी निरीक्षक रविनराज मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीलाई शंकास्पद लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले पेस्तोल ताकेर ३० हजार लुटेका थिए ।





