तीन जिल्ला फैलियो डेंगुको संक्रमण

विराटनगर, २९ जेठ । धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ ।

३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् । मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित