गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा

चितवन, जेठ २८ ।  चितवनको इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङका अनुसार गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो ।

वडाबाटै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत गाउपालिकाले वडा नं १ भाराङ, वडा नं २ मायाटार, वडा नं ३ माझगाउँ र वडा नं ७ भालुमारा स्याङ्दीमा गरी चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ ।

अहिले गाउँपालिकामा रहेको सात वडामा ५ स्वास्थ्यचौकी र ४ सामुदायिक स्वास्थ्य एकाइ गरी ९ स्वास्थ्य संस्था छन् । गाउँपालिकामा रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ । गाउँपालिकाले हरेक महिना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि