डेंगु प्रकोप नियन्त्रणमा आएन

धरान, २० जेठ । डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ ।

डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप नियन्त्रण बाहिर गएकाले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगका लागि पत्राचार गरिएको बताइन् ।

‘हामीले सकेसम्म डेंगु नियन्त्रण प्रयास गरिरहेकै छौं तर नियन्त्रणमा नआएकाले चिन्तित छौं,’ कार्यवाहक प्रमुख भण्डारीले भनिन्, ‘काबुबाहिर जान लागेकाले प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक छ ।

धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुग्नु भएको छ । उहाँलाई

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी