काठमाडौँ, ११ जेठ । विश्व स्वास्थ्य संगठनले २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ घोषणा गरेको छ ।
फ्लोरेन्स नाइटिन्गेलको २००औं जन्मोत्सवको सम्मान गर्दै विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो । धेरै देशमा नर्स र मिडवाइफहरू स्वास्थ्यकर्मीको ५० प्रतिशत ओगट्छन् ।
नर्सिङ नीति निर्माण तथा कार्यक्रमका निर्देशक होवार्ड क्याटन भन्छन्, ‘अर्को वर्ष हामीले नर्सिङको योगदानको कदर गर्न फ्लोरेन्स नाइंटिगेलको २००औं जन्मदिन मनाउको लागि विश्वलाई नयाँ अवसर हुनेछ ।’





