जनप्रतिनिधि र कर्मचारीद्वारा रक्सी-चुरोट सेवन नगर्ने प्रतिवद्धता

दार्चुला, ९ जेठ । दार्चुलाका जनप्रतिनिधि र कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तु सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धता जनाएका हुन् ।

१० वटा प्रतिबद्धताअन्तर्गत म स्वस्थ्य र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु जस्ता प्रतिबद्धता गरिएको छ ।

यस्तै म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु तथा म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह छाउपडी जस्ता सामाजिक कुरीति, कुसंस्कारहरु अनुसरण गर्दिन जस्ता प्रतिबद्धता गरिएको छ ।

यसैगरी म हिंसा तथा भेदभाव गर्ने छैन, कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुको रक्तचाप परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित